बिश्व

जेलेन्स्कीसँग भेट्ने ट्रम्पको घोषणा, रुसलाई शान्ति सम्झौतामा आउन आग्रह

एजेन्सी
२०८३ असार २ | मध्यान्ह ०६:०३ बजे

पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग बुधबार भेटवार्ता गर्ने बताएका छन् । साथै उनले रुसलाई युक्रेन युद्ध अन्त्य गर्ने शान्ति सम्झौतामा आउन आग्रह गरेका छन् । फ्रान्समा जारी जी–७ शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘रुसले सम्झौता गर्नुपर्छ । रुसले ठूलो संख्यामा मानिस गुमाएको छ, युक्रेनले पनि त्यत्तिकै ठूलो क्षति बेहोरेको छ,’ ।

पछिल्लो समय ट्रम्पको ध्यान इरानसँगको युद्ध अन्त्यसम्बन्धी कूटनीतिक प्रयासमा केन्द्रित रहेकाले युक्रेन–रुस युद्धबारे उनको पहल ओझेलमा परेको थियो । तर इरानसँग प्रारम्भिक सहमति भएपछि अब आफू युक्रेन युद्ध समाधानका लागि पनि सक्रिय हुने संकेत दिएका छन् ।

ट्रम्पले इरानसँग भएको सम्झौतापछि युक्रेन–रुस द्वन्द्व अन्त्यका लागि सक्दो सहयोग गर्ने बताएका छन् । जी–७ सम्मेलनअन्तर्गत बुधबार बिहान ट्रम्पसहित सदस्य राष्ट्रका नेताहरूले जेलेन्स्कीसँग संयुक्त बैठक गरेका थिए । उक्त बैठकमा युक्रेनको सुरक्षा अवस्था, रुसविरुद्धको युद्ध तथा सम्भावित शान्ति प्रक्रियाबारे छलफल भएको जनाइएको छ ।

कमेन्टहरु