कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, घटना, देश, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रदेश, बागमती प्रदेश, बिश्व, मधेश प्रदेश, मानवअधिकार, मुख्य समाचार, यातायात, राजनीति, रोजगार, लुम्बिनी प्रदेश, वातावरण, विचार/ब्लग, विश्व, शिक्षा, समाचार, समाज, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि, स्वास्थ्य

अभिभावक संघ बागलुङको चौथो बार्षिक साधारण सम्पन्न

याम बहादुर थापा मगर
२०८३ असार २ | मध्यान्ह १२:०३ बजे

अभिभावक संघ बागलुङको चौथो बार्षिक साधारण सम्पन्न

याम बहादुर थापा मगर
द्द असार,२०८३
बौद्धिक अपाङगता भएका व्यक्तिहरुको अभिभावक संघ,बागलुङको चौथो बार्षिक साधारण सभा आज बागलुङमा सम्पन्न भएको छ । उदघाटन कार्यक्रमको प्रमुख अतिथि अपाङ सरोकार संघ बागलुङका अध्यक्ष जगुपति कंडेलले अपाङगता भएका व्यक्तिहरुलाई घर परिवारमा सिमित नराखी समाजमा बाहिर ल्याउनुपर्ने बताउनुभयो । बौद्धिक अपाङगता भएका व्यक्तिहरुको बोली र वैशाखी बनी अभिभावकहरु एकजुट भई अनुकुल व्यवस्था गर्न सकेमा सामाजिक सुरक्षाको पुर्ण सम्मानित सामाजिक जीवन निर्वाहको लागि अवसर दिलाउन पहल गर्नुपर्ने समेत जानकारी गराउनुभयो ।
सो कार्यक्रमको उद्घाटन कार्यक्रममा स्ववकालतकर्ता सुरक्षा सापकोटा,विदुर पौडेल,किरण विश्वकर्मा, सन्ध्या भण्डारी,प्रेम बहादुर श्रीस, पुजा के.सींले मन्तव्य राख्नुभएको थियो । त्यसैगरी अभिभावक इन्द्रा शर्मा सापकोटा, परियोजना फिल्ड अफिसर अस्मिता आर्चाय, बुद्धिमाया घर्तीले शुभकामना मन्तव्य दिनुभएको थियो । सो कार्यक्रममा अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षता, स्वागत मन्तव्य उपाध्यक्ष दुर्गा प्रसाद शर्मा, संचालन सचिव याम बहादुर थापा मगरले गर्नु भएको थियो ।
साधारण सभाले सचिवले प्रस्तुत गर्नु भएको आ.व.०८१।०८२को प्रगती प्रतिवेदन तथा आ.व.०८२।०८३ को लागि प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष कोपिला पौडेलले प्रस्तुत गर्नुको आ.व. ०८१।०८२ को आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो । साधारण सभाको समयमा सस्थाको आजिवन सदस्य र साधारण सदस्य रसिद वितरण गरिएको थियो ।
बौद्धिक अपाङगता भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङले भावी कार्यक्रमहरु विद्यालयमा समावेशी शिक्षाका लागि पैरवी गर्ने,अभिभावकहरुलाई जनचेतना मार्फत सशक्त बनाउने, तथ्याङक संकलन गरी यथार्थ संख्या पत्ता लगाउने, सस्थागत विकास सम्बन्धी कार्यहरु गर्ने, बाँैद्धिक अपाङगता भएका व्यक्तिहरुका लागि सिकाइ केन्द्र सञ्चालन गर्न पहल गर्ने, अपाङगता भएका व्यक्तिहरुको लागि व्यवसायिक सिकाइ केन्द्र सञ्चालन गर्ने आदि योजना भएको जानकारी संघका सचिव याम बहादुर थापा मगरले जानकारी दिनुभयो ।

कमेन्टहरु