बाजुरामा अज्ञात समूह द्वारा एक महिलामाथि चक्कु प्रहार

उमेश रोकाया


बाजुरा, असार १ । बाजुरामा एक महिलामाथि भान्छाकोठामै धारिलो हतियार (चक्कु) प्रहार भएको छ । सोमबार राति साढे १ बजेको समयमा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–४ वाईमा अज्ञात समूहले ३६ वर्षीया ठुमरा बिष्टमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
बिष्टमाथि सुतिरहेको अवस्थामा २–३ जनाको अज्ञात समूहले उनलाई भान्छाकोठामा बोलाई घाँटीको बायाँ भागमा चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट घाइते भएकी बिष्टलाई प्रहरीको टोलीले कोल्टी अस्पताल पुर्याएको थियो ।
त्यहाँ समान्य उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अहिले उनको अवस्था मध्यम रहेको छ। घटनास्थलमा प्रहरीको टोली खटिएको छ भने घटनामा संलग्न व्यक्तिहरूको खाेजी कार्य भइरहेकाे बताइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















