घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुरामा एक जना पानीमा डुबेर मृत्यु

उमेश रोकाया
२०८३ असार १ | बिहान ०७:०३ बजे

बाजुरा , असार १ । बाजुरामा एक जना पानीमा डुबेर मृत्यु भएको छ । बडिमालिका नगरपालिका वडा नं. १ सल्याना गाँऊ स्थित पोखरीमा नुहाउने क्रममा कित्तु कार्कीको छोरी बर्ष अन्दाजी १४ वर्षीय भावना कार्की पोखरीमा डुबेर बेहोस भई मृत्यु भएको हो ।
निजको दाजु बिरभाने कार्कीले उद्धार गरि ९:२५ बजेको समयमा जिल्ला अस्पताल मार्तडी बाजुरामा ल्याई उपचार गर्ने क्रममा ९:३५ बजेको समयमा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।






















