सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेकोे छः मन्त्री डा.वाग्ले

नवलपुर टुडे


काठमाडौं, जेठ ३१। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र त्यसको सुरुवात बजेटबाट भएको बताएका छन् ।
‘पछिल्लो १५–२० वर्षदेखि देशका युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनैपर्ने बाध्यता आइलागेको छ,’ अर्थमन्त्री डा। वाग्लेले भने, ‘अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट सुरु गरेका छौँ । त्यो बुझ्न बजेट पढ्नुहोस्, बजेटको कार्यान्वयनले त्यसको बाटो समात्छ।’
देशभरका युवा उद्यमीहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री डा।वाग्लेले करमा सहुलियत, बक्यौता उल्झनमा रहेका उद्यमी÷व्यवसायीलाई छुटको सहुलियत, सरकारी प्रशासनको डिजिटलाइजेसन र सुशासनका एजेन्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटोलाई सङ्केत गर्ने बताए ।करको दरहरू घटाएर एक लाख रुपैयाँसम्म कमाउने युवालाई करको झन्झटबाट मुक्ति दिइएको पनि उनले बताए ।
यस्तै करको उल्झनमा परेका उद्योगी व्यवसायीलाई नयाँ सुरुवात गर्न सहुलियतपूर्ण घोषणा बजेटमा भएको भन्दै उनले त्यसको फाइदा लिन सबैलाई आग्रह गरे ।बजेट बनाउँदा युवाहरूको उद्यमशील सोच र योजनालाई फैलाउने गरी धेरै सोचिएको र त्यसैअनुसारका कार्यक्रमहरू घोषणा भएको उनको भनाइ छ ।

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
अरुपनि पढ्नुहोस
सबै
बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
















