प्रबास

शकिराको गीत ‘दाई दाई’ चर्चामा

एजेन्सी
२०८३ जेष्ठ ३१ | मध्यान्ह ०१:०२ बजे

एजेन्सी । गायिका शकिराको पछिल्लो गीत ‘दाई दाई’ यतिबेला चर्चामा छ । विश्वकप फुटबल २०२६ को लागि ल्याइएको यो गीत उनले बर्ना ब्वायसँगको सहकार्यमा ल्याएकी हुन् । गीत विश्वकप फुटबलको सर्वकालीन उत्कृष्ट गीत समेत घोषित भएको छ । प्रतिष्ठित साङ्गीतिक म्यागजिन बिलबोर्डले यो गीतलाई सबै समयको उत्कृष्ट विश्वकप गीतको रूपमा उल्लेख गरेको हो ।

म्यागजिन बिलबोर्डले आफ्ना पाठकमाझ आयोजित सर्वेक्षणमा ३१.२८ प्रतिशत मत पाउँदै ‘दाई दाई’ उत्कृष्ट विश्वकप गीत बनेको हो । शकिराकै अघिल्लो चर्चित गीत ‘वाका वाका’ सर्वेक्षणमा दोस्रो स्थानमा छ ।

फिफा विश्वकपका आधिकारिक गीतहरूमध्ये यस वर्षको गीतलाई समर्थकले सर्वाधिक रुचाएका छन् । खेलकुदको एकता र उत्साहको सन्देश पदने गीतमा फुटबलका दिग्गज खेलाडी डिएगो म्याराडोना, पाओलो माल्दिनी, रोमारियो, क्रिस्टियानो रोनाल्डो, डेभिड बेकह्याम, काका र लियोनेल मेस्सीका नाम समेत उल्लेख छन् ।

तीन साता अगाडि शाकिराकै अफिसियल च्यानलबाट सार्वजनिक गीतले समाचार तयार गर्दासम्म युट्युबमा १४८ मिलिनियन भ्युज पाइसकेको छ ।

कमेन्टहरु