उत्तरपश्चिमी पाकिस्तानमा भारी वर्षा, ४ जनाको मृत्यु

एजेन्सी
२०८३ जेष्ठ ३० | मध्यान्ह ०६:०२ बजे

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नू जिल्लामा भएको भारी वर्षाका कारण ४ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको क्षेत्रीय अधिकारीहरूले शनिबार बताएका छन् ।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले पाकिस्तानको विभिन्न क्षेत्रहरूमा आएको तीव्र हावाले धेरै घरहरूमा क्षति पुर्याएको बताएको छ । जसको परिणामस्वरूप स्थानिय बासिन्दाहरूको मृत्यु तथा घाइते भएका छन् । गम्भीर मौसमले पशुधनकोसमेत क्षति पनि निम्त्याएको प्राधिकरणले जनाएको छ ।


















