छोरी जन्मिए प्रोत्साहन भत्ता !

रासस


म्याग्दी । अन्नपूर्ण गाउँपालिकाले छोरी (शिशु) जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ ।छोरीप्रतिको सकारात्मक सोच विकास, लैङ्गिक समानता प्रवर्द्धन, बालिकाको भविष्य सुनिश्चित र गर्भमा लिङ्ग पहिचान गरी भ्रुण हत्या गर्ने समस्या न्यूनीकरणका लागि छोरी जन्मिए प्रोत्साहन भत्ता दिने कार्यक्रम सुरु गरेको हो ।
“छोरी जन्म प्रोत्साहन कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी बालिका जन्मप्रति समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ”, उनले भनिन्, “छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार चालु आव २०८२/८३ मा विनियोजित बजेटमार्फत कार्यक्रम कार्यान्वयन थालिएको छ ।”
छोरी जन्मप्रति सकारात्मक सोच विकास गर्नुका साथै बालिकाको संरक्षण, शिक्षा र सशक्तीकरणमा टेवा पुर्याउनु रहेको जनाइएको छ ।सो कार्यक्रमअन्तर्गत २०८२ साल साउन १ गतेपछि जन्मिएका बालिकाका अभिभावक वा संरक्षकले असार ७ गतेसम्म आवेदन पेस गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















