सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी


काठमाडौँ । अन्तरिम सम्झौता कार्यान्वयन नभए सम्म संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता अगाडि नबढ्ने चेतावनी दिदै इरानी विदेश मन्त्री अब्बास अराघचीले प्रावधानहरू पूरा नभएन समम अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन् ।
इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी) सँग कुरा गर्दै अराघचीले प्रारम्भिक सम्झौता पछि संयुक्त राज्य अमेरिकालाई आफ्नो प्रतिबद्धता पूरा गर्न ६० दिनको समय दिइने र दायित्व पूरा भए पछि मात्र स्थिति सहज हुने बताएका हुन् । समझदारी तथा ज्ञापनपत्रका प्रावधानहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नहुने इरानी विदेश मन्त्रीलाई उद्धृत गर्दै आइआरआइबीले जनाएको छ ।
यस्ता प्रतिवद्धताहरु तोड्नु अमेरिकी राजनीतिज्ञहरूको स्वभाव भएको बताउँदै उहाँले सम्झौता कार्यान्वयन नगरी अवरोधहरू सिर्जना गरेमा अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताए ।
आफ्नो सुरक्षाको ग्यारेन्टीका लागि सुरक्षा परिषद्, संयुक्त राष्ट्र सङ्घ वा अन्तरक्षेत्रीय गठबन्धनमा भर नपरी भगवान, जनता र आफ्नै सशस्त्र सेनाको समन्वयमा अगाडी बढ्ने उनले बताए ।
























