लुम्बिनी प्रदेश, समाचार

पाल्पाको तिनाउ गाँउपालिकामा सुशासन मै कर्मचारी बाधक, सेवाग्राहीलाई दिईयो धम्की

नवलपुर टुडे
२०८३ जेष्ठ ३० | बिहान ०९:०२ बजे

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकामा सेवाग्राही आवेदकले सार्वजनिक चासोको बिषयसंग सम्बन्धित रहेको संविधानमा रहेको सुचनाकाे हकसंग सम्बन्धित रहेर दिईएकाे निवेदन अनुसार सुचना नै नदिई कर्मचारीहरुले धाकधम्कि दिएको रहस्य खुलेको छ । सेवाग्राहीले ६ महिना अगाडि दिएको निवेदन पटक-पटक गाउँपालिका जाँदा र फाेन संवाद गर्दा समेत आजकाे मितिसम्म लगातार पाँच पटक कार्यालय मै स्वयम् उपस्थित भएर माग गर्दा समेत सुचना उपलब्ध नगराई उल्टै धम्की दिईएकाे छ । आवेदकले पटक-पटक सुचना माग गरी उपलब्ध गराई दिनु भन्दा `हामी दिन सक्दैनौं जे मन लाग्छ गर्नुस् माथिल्लो निकायमा जानुस्´ लिन भनी जस्ता धाकधम्की समेत दिएको पाईएकाे छ । लेखामा कार्यरत अधिकृत, सुचना अधिकारी र कार्यालय प्रमुख मिलेर उक्त कार्य गरिएको सेवाग्राहीले गुनासो गरेका छन् ।

६-६ महिनासम्म उपलब्ध भएन सुचना

आवेदकले छ महिना अगाडि दर्ता गराएको सुचना आजकाे मितिसम्म उपलब्ध गराएको छैन् । सेवाग्राहीले निवेदन दर्ता गराएकाे निमित्त कार्यालय प्रमुख तथा सुचना अधिकारी लक्ष्मी कुँवरले कार्यालय प्रमुख बिदाबाट आए लगत्तै साेधेर खाेजेर उपलब्ध गराउछु भनी प्रतिबद्धता व्यक्त गरेकी थिईन् । तर उनलेे पछि पटक-पटक फाेन गर्दा कहिले फाेन नउठाउने, फाेन उठाई हाले उपलब्ध गराउछु भन्ने तर नदिने गरेकाे गुनासो सेवाग्राहीले गरे । कार्यालयमा पाँच पाँच पटक धाउदा, दर्जन पटक कल गर्दा समेत उपलब्ध नगराएको सेवाग्राहीले गुनासो गरे । विद्यालयमा संघसंस्था सम्बन्धि बारे केही बर्ष अगाडि सर्वदलीय बैठक बसी गरिएको निर्णयकाे प्रतिलिपी सुचना संविधानकाे धारा २७ तथा सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ को उपदफा १ बमोजिम माग गरिएको थियोे । कार्यालयमा जाँदा माेबाईल अफ गरेर बेपत्ता हुने, भेटी हालेमा कार्यालय प्रमुखलाई साेधेर दिन्छु भन्ने तर सुचना उपलब्ध नगराई ढिलासुस्ती गरेको गुनासो गरेका छन् ।

सेवाग्राहीलाई प्रलोभन

सेवाग्राहीले पटकपटक ताकेता गरेपछि लेखा अधिकृत शंकर पुरि र कार्यालय प्रमुख दिनेश सारु मिलेर तपाईंलाई के चाहिएको भन्दै एकल स्थानमा लगि प्रलोभन दिने प्रयास गरेको बताए । सेवाग्राहीका अनुसार कार्यालय प्रमुख दिनेश सारुले कार्यकक्ष मै दुई दुई पटक, लेखा अधिकृत शंकर पुरिले अध्यक्षकाे कार्यकक्ष उता एकपटक एकान्तमा राखेर प्रलोभन दिने प्रयास गरिएको बताए । आफु कुनै प्रलोभन र आस्पासनमा नफसि निर्भीकताका साथ आफ्नाे काम जे हाे त्यो समयमा काम गरिदिन आग्रह गरेको बताए । कार्यालय प्रमुख दिनेश सारुले सेवाग्राही कार्यालयमा गई कार्य सम्पादन के भयो भनी साेध्दा फाेनबाट उनलेे तपाईंलाई चाहिएको के भनी साेधे सेवाग्राहीले मलाई मेरो सुचनाकाे हक र मेरो कागजात चाहियो भनी भनेपछि दस मिनेटमा उपलब्ध गराउछु भने त्यसपछि कार्यकक्षमा भेट्दा दस मिनेट के उल्टै प्रलोभन र धम्की दिएकाे सेवाग्राहीले बताएका छन् ।

लेखा र कार्यालय प्रमुख मिलेर धम्की

सेवाग्राहीका अनुसार मिति २०८३ जेठ २८ र २९ गते लगातार चाैथाे र पाचौं पटक कार्यालयमा जाँदा समेत सुचना उपलब्ध नगराए पछि तपाईंले कित दिन्छु भन्नुस् कित दिन्न भन्नुस् छ महिनासम्म नदिनुकाे कारण के ? सेवाग्राहीलाई अनावश्यक दुख दिनु काे कारण के ? सबै सेवाग्राहीलाई यस्तै दुख हुन्छ त यहीँ हाे सर सुशासन ? हामीले सुशासनको अनुभुति कसरी गर्ने ? भनी साेध्दा लेखाका अधिकृत शंकर पुरी र कार्यालय प्रमुख दिनेश सारु मिलेर पालैपालो हामीले पनि बुझेका छम्, जानेका छम् चिनेका छम् हामीले दिदैनाैं तपाईं माथिल्लो निकाय जानुस् जे गर्न मन छ गर्नुस् भनी धम्की दिएको गुनासो सेवाग्राहीले गरे । सेवाग्राहीले भने सर हामीले चाहेको सुशासन यस्तो हाेर ? तपाईंहरु नागरिक प्रति जवाफदेही नभएर काे हुन्छ त ? यतिका महिनासम्म पटकपटक म कार्यालय आए कल गरे अहिलेसम्म सुचना उपलब्ध हुदैन् हामीले कस्तो सुशासनको अपेक्षा गर्ने ? भनी प्रश्न गर्दा जवाफ नदिएको समेत बताए । उल्टै हामीले हाम्रो ठाउँमा जवाफ दिन्छौं तपाईं माथिल्लो तहमा जानुस् भनी धम्की दिएकाे बताए । माथिल्लो निकाय कहाँ हाे ? पत्र बनाई दिनुस् म जान्छु । भन्दा फेरि जवाफ नदिएको समेत बताए ।

सुशासनमा कर्मचारी बाधक

सेवाग्राहीका अनुसार हामीले यस्तो सुशासनको अपेक्षा गरेका थिएनौं ! कर्मचारीकाे प्रवृत्ति हिजोदेखि अहिलेसम्म उस्तै दुरुस्तै कायम रहेको उनलेे बताए । हिजो प्रजातन्त्र, लाेकतन्त्र, गणतन्त्र जे ल्याए पनि कर्मचारीतन्त्रले नै सबै बिगारेको, सुशासन र नागरिक सेवामा कर्मचारी नै जटिल र बाधक बनेर आएकाे आराेप समेत उनलेे लगाए । उनले भने हिजो पुराना दललाई घुमाए पढेका छैनन् भनेर, आज नयाँ दललाई समेत हामीले नै हाे गर्ने भनेर धाक धम्की दिएर नागरिकलाई दुख दिन थालिएको समेत बताए । उनलेे भने जुन सरकार आए पनि कर्मचारी कै तलव भत्ता बढ्ने जनतालाई कानुन र विधिको कुरा देखाएर तर्साउने प्रवृत्ति रहेको उनलेे गुनासो गरे । हामीले हिजो जस्तै आज पनि महङ्गी र प्रवृत्ति नदाेहाेरियाेस् भन्ने हाम्रो चाहना हाे । तर एउटा कामको लागि छ/छ महिना धाउनु पर्छ भने हामीले चाहेको कस्तो सुशासन हाे ? उनलेे भने । हामीले नागरिक प्रति जवाफदेही हाेस्, सुशासन हाेस्, धाक धम्की प्रलोभन बन्द हाेस्, छिटोछरितो काम हाेस् भनेर भन्दा हामीलाई उल्टै दुख त भयो भयो उल्टो धाकधम्की दिने गरेकाले सेवाग्राही नागरिक सुरक्षा नरहेको बताए । अहिले वास्तवमा साेच्दा कर्मचारी नै सुशासनका बाधक रहेछन् अब हिजो राणा शीत, राजा सित, दल शीत लडियाे कर्मचारी शीत लड्नु पर्ने अवस्था सिर्जना भएको हाेकि भन्ने भान हुन थालेको उनलेे बताए । किन कि जुन सरकार आए कलम घुमाउने नाममा साेझासाझा नागरिकलाई फेरि दुख दिन थालिएको समेत उनलेे बताए ।

कमेन्टहरु