मौसम

आज कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

नवलपुर टुडे
२०८३ जेष्ठ ३० | बिहान ०६:०२ बजे

काठमाडौं । देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहँदा देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बाँकी पहाडी र तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । विभागले राति कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । मधेस प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू–भागमा आंशिक बादल तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ । कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले बताएको छ ।

कमेन्टहरु