चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार

रासस
२०८३ जेष्ठ २९ | मध्यान्ह ०५:०२ बजे

चितवन । चितवनका दुई सरकारी अस्पताल– भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीका भार बढेको छ । भरतपुरस्थित दुई मेडिकल कलेजजमा स्वास्थ्य बिमा कार्यक्रम हटेपछि उक्त दुई सरकारी अस्पतालमा बहिरङ्ग सेवा लिन आउने बिरामीका सङ्ख्या बढेको हो ।
भरतपुर अस्पताल, स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेलले दैनिक दुई हजार ३२३ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.उमेश नेपालले दैनिक ८५० बिमारीलाई बिहान ८ः ०० देखि ४ः०० बजेसम्म बहिरङ्ग सेवा दिने गरेको जानकारी दिए ।उनीहरुले भारतीय सीमा क्षेत्रबाट समेत यहाँस्थित सरकारी अस्पतालमा उपचारका लागि बिरामी आउने गर्दा बिमारीको भार बढेको बताए ।


















