मन्त्रिपरिषद् बैठकका विभिन्न तीन निर्णय सार्वजनिक

नवलपुर टुडे
२०८३ जेष्ठ २९ | मध्यान्ह ०३:०२ बजे

काठमाडाैँ। सिंहदरबारमा बसेकाे मन्त्रिपरिद् बैठकले विभिन्न तीन वटा निर्णय गरेकाे छ । शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पाेखरेलले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा बसेकाे बैठकका मुख्य तीन निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकका मुख्य निर्णयहरू
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को म्याद २०८३ असार मसान्तसम्म थप गर्ने ।
सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने ।
श्री रमेश कुमार धिताल, सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने।

























