Opens in a new tab

परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौँ, जेठ २९। परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा यही जेठ ३१ गते बेइजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ ।परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुने छ । साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नुहुनेछ ।

मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि उहाँले छलफल गर्नुहुने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री खनालको सम्मानमा उक्त दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ । समारोहमा उहाँले नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ । मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किनुहुने कार्यक्रम छ ।