सरकार आफैं धामी, आफैं पुरस्कृत गर्ने भयो : भरतबहादुर खड्का


काठमाडौं, जेठ २९। नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सरकारले सुशासनको नारासँग मेल नखाने काम गरेको आरोप लगाएका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खड्काले गृहमन्त्रीमाथि प्रश्न उठेपछि छानबिन समिति गठन गरिएको स्मरण गराउँदै उक्त समितिको प्रतिवेदन सार्वजनिक नगरी सम्बन्धित व्यक्तिलाई पुनः गृहमन्त्री बनाइएको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘एकातिर सुशासनको नारा लगाउने तर अर्कोतिर प्रश्न उठेका आफ्नोलाई पुरस्कृत गर्ने काम भइरहेको छ । सरकार आफैँ धामी, आफैँ पुरस्कृत गर्र्दै हिँड्ने भयो । क्रमभंगता र सुशासनको गफ हाक्न छोडौँ ।’सांसद खड्काले सरकारले सुशासन र पारदर्शिताप्रति प्रतिबद्ध रहेको दाबी गरे पनि व्यवहारमा त्यसअनुसार काम नगरेको आरोप लगाए ।
उनले सरकार आफैं न्यायाधीश र आफैं पुरस्कार दिने भूमिकामा देखिएको भन्दै सुशासनका विषयमा केवल भाषणभन्दा व्यवहारमा सुधार आवश्यक रहेको बताए । न्युज बैंक























