ट्रम्पले इरान युद्धबारे सकारात्मक खबर सुनाएसँगै तेलको मूल्य घट्यो

एजेन्सी


वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौता नजिक पुगेको दाबी गरेका छन्। ट्रम्पको यो भनाइ सार्वजनिक भएलगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
बिहीबार ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘हामीले इरानसँगको युद्धको ठुलो समाधान निकालेका छौँ। यो निकै ठुलो कुरा हो।’ उनले सम्झौताका कागजातहरू लगभग अन्तिम चरणमा पुगेको र सम्भवतः युरोपमा छिट्टै हस्ताक्षर गरिने बताए।
ट्रम्पले सम्झौता नजिक रहेको दाबी गरे पनि इरानले भने अझै केही विषय छलफलमै रहेको बताएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले धेरैजसो बुँदाहरूमा सहमति जुटे पनि अमेरिकाले कतिपय ठाउँमा अत्यधिक मागहरू थपेको आरोप लगाए ।
गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण गरेपछि दुई देशबिच तनाव उत्कर्षमा पुगेको थियो। जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी आधार शिविर र इजरायलका सहयोगी राष्ट्रहरूमाथि आक्रमण गरेको थियो।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















