समाज

सशस्त्र प्रहरीद्वारा स्थानीयलाई १८ दिने विपद् स्वयंसेवक तालिम संचालन

नवलपुर टुडे
२०८३ जेष्ठ २९ | बिहान ०९:०२ बजे

 परासी । सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण हेड्क्वाटर पश्चिम नवलपरासीद्वारा स्थानीय समुदायलाई विपद् प्रकोपबाट सुरक्षित गर्ने अभिप्रायले आपतकालिन प्रतिकार्य प्रणालीलाई सुदृढ गर्न र संकटका बेला समयमा प्रभावकारी सहयोग उपलब्ध गराउने मुख्य उद्देश्यका साथ १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु गरेको छ ।

सशस्त्र प्रहरी बल २६ नम्बर गण हेड्क्वाटर पश्चिम नवलपरासीको आयोजना शुरु भएको समुदाय विपद स्वयंसेवक तामिलमा रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका र सरावल गाउँपालिकाको समन्वय एवं सहकार्यमा सुरु भएको हो । तीनवटै स्थानीय तहका २५ जना स्थानीय सहभागिता रहेको सो तालिममा विनाशकारी विपत्तिमा प्रतिकार्यका लागि क्षमतायुक्त र दक्ष बनाउन आधारभूत ज्ञान तथा सिप सम्बन्धी तालिम दिईने हेड्क्वाटरले जनाएको छ ।

तालिम गणपति गोविन्द बहादुर खातीको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको थियो । कार्यक्रममा रामग्राम, पाल्हिनन्दन र सरावलका विपद् व्यवस्थापन शाखा प्रमुखहरुको समेत उपस्थिति रहेको थियो । १८ दिने संचालन हुने तालिम यही जेठ २८ गतेदेखि सुरु भई आगामी असार १७ गते समापन हुने नवलपुर टुडेलाई जनाएको छ ।

WhatsApp Image 2026 06 12 at 08.46.54

कमेन्टहरु