अपराध, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
शान्ती सुरक्षा प्रमुखलाई रानिसैन पिडित संघर्ष समिति द्वारा ज्ञापनपत्र बुझाए


बाजुरा , जेठ २८ । शान्ती सुरक्षा प्रमुखलाई दोषिहरुलाई कानूनी दायरामा नल्याउन्जेल आन्दोलन जारी रहने रानिसैन पिडित संघर्ष समिति द्वारा ज्ञापन-पत्र बुझाएका छन । बाजुरा जिल्ला यस हिमाली गाउँपालिका वडा नं. ३ लाम्पाटा जेठ ३ गते लाम्पाटा च्याचौर स्थित स्थानीय बासिन्दा तथा वडा सदस्य
पेमा गारप गुरुङ सहित पाँच घरपरिवारका मान्छेहरुलाई सिमा बिबादको नाममा हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं. २ थला सामुदायिक वन नामक उपभोक्ता समूहका अध्यक्ष देवराज रावल र वडा अध्यक्ष चन्द्र रावलको नेतित्वमा करिब २ देखि ३ सय जना व्यक्तिहरुले निमर्म कुटपिट गरी घाइते भएका थिए ।
तीन दिनसम्म बन्धक बनाएर राखी डरधम्कि देखाइ
ज्यान मार्ने उद्देश्यले विभिन्न कागजजातमा बिना मर्जी औँठा छाप लगाउन बाध्य बनाउनुका साथै घरका धन सम्पत्ति लुटपाट गरिएको र सोहि स्थानमा निर्माणधिन प्रहरी चौकी भवनको निर्माण सामाग्री नष्ट गरेको, रानिसैन घुम्मको लागी धनगढी उपमहानगरका प्रमुख गोपि हमाल लगाएत हिमाली गाउँपालिकाको अध्यक्ष गोविन्द्र बहादुर मल्लको टिमहरुलाइ
धम्की पूर्वक लखेटेको २२ दिन बितिसक्दा पनि राज्य मौन रहेकोे छ ।
अहिलेसम्म कुनै पनि ठोस निर्णय आउन नसकेको हुँदा हुदै हामीहरु कानूनी राज्यको अवधारणा अनुरुप चलिरहदा जेठ २३ गते बाजुराका भेडीगोठहरुका भेडिखर्कहरुमा सोही समूह तथा व्यक्तीहरुले आगजनी गरेकाले हालसम्मका दोषिहरुलाई कानूनी दायरामा नल्याउन्जेल यो आन्दोलन जारी रहने बताएको छ ।
यदि शान्ती सुरक्षाबाट बलपूर्वक यातायात संचालन गरी कुनै प्रकारको क्षेती भएमा सोको सम्पूर्ण जिम्मेवारी फिल्डमा खटिएको शान्तिसुरक्षाको जिम्मेवार व्यक्ति स्वयम् जिम्मेवार हुनु पर्ने छ। यदी दोषिहरुलाई यथासिघ्र कानूनी दायरामा नल्याउन्जेल यो आन्दोलन जारी रहने रानिसैन पिडित संघर्ष समिति संयोजक विनोद बुढाले बताएका छन ।
























