भन्सार कर छली विषयमा अर्थमन्त्रीले झुट बोल्नुभएको छ : सांसद शाही

नवलपुर टुडे
२०८३ जेष्ठ २८ | मध्यान्ह १२:०२ बजे

काठमाडौं, जेठ २८। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाएका छन् ।बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाउँदै तत्काल छानविनको माग गरेका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बजेटसँगै आर्थिक विधेयक सार्वजनिक गरेलगत्तै अर्थमन्त्रीले पटक–पटक करका दरहरू चलाएको र सूचना चुहाएको आरोप लागेको छ ।
यसै सम्बन्धमा अर्थमन्त्री वाग्लेले बुधबार अर्थ समितिको बैठकमा उपस्थित हुँदै आफूले विनियोजित विधेयक नचलाएको दाबी गरेका थिए ।
























