मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

तलब कम हुँदा विद्यालय कर्मचारी र प्रारम्भिक बालकक्षा शिक्षक संयुक्तमा बुढिनन्दामा ज्ञापनपत्र

उमेश रोकाया
२०८३ जेष्ठ २७ | मध्यान्ह ११:०२ बजे

बाजुरा , जेठ २७ । नेपाल विद्यालय कर्मचारी तथा प्रारम्भिक बालकक्षा शिक्षक संयुक्त आन्दोलन समिति द्वारा बुढिनन्दा नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन । नेपालमा विद्यालय कर्मचारी तथा प्रारम्भिक बालकक्षा शिक्षकहरूले आफ्नो नियुक्तिदेखि नै अत्यन्तै कम तलबमा काम गरिरहेका छन्।

राज्यबाट शोषण सहिरहेका छन्। हरेक आन्दोलनको क्रममा हाम्रा सेवा र सुविधा सम्बन्धी आश्वासन र सम्झौताहरू भए पनि उपलब्धिहरू लगभग शून्य नै रहेका छन्। यस वर्ष पनि, हाम्रा मागहरू सरकारी बजेटमा समावेश नभएकोले, हामी हाम्रो आपत्ति व्यक्त गर्दछौं र विभिन्न स्तरमा विभिन्न विरोध कार्यक्रमहरूको योजना बनाएका छौं ।

यस सन्दर्भमा, हामी यो ज्ञापनपत्र बुझाउँदैछौं र यस नगरपालिकामा शान्तिपूर्ण धर्नाहरू गर्दैछौं ताकि राज्यलाई जानकारी गराइयोस् र नगरपालिकालाई तपाईंको स्तरमा समाधान गर्न सकिने कुराहरू सम्बोधन गर्न र उच्च अधिकारीहरूलाई हाम्रा समस्याहरू सम्बोधन गर्न पहल गर्न अनुरोध गर्न सकियोस्। यो ज्ञापनपत्र संयुक्त आन्दोलन समितिको तर्फबाट बुझाइएको प्रारम्भिक बालकक्षा शिक्षक बुढीनन्द नगरपालिका समिति अध्यक्ष शिला शाहले बताएकी छन ।

कमेन्टहरु