इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट १३ जना प्यालेस्टिनीलाई पक्राउ

एजेन्सी


काठमाडाैँ । इजरायली सेनाले बुधबार कब्जा गरिएको वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रहरूमा छापा मारी आक्रमण गरेर एक जना महिलासहित १३ जना प्यालेस्टिनीलाई पक्राउ गरेको जनाइएको छ ।
प्यालेस्टिनी समाचार एजेन्सी (डव्लु ए एफ ए) का अनुसार इजरायली कब्जा बलले बेथलेहेमको पश्चिममा रहेको हुसान गाउँबाट १० जना प्यालेस्टिनीलाई पक्राउ गरेको छ । रामल्लामा एकजना प्यालेस्टिनीलाई पक्राउ गर्नुका साथै नब्लुसको उत्तरपश्चिममा रहेको बेतइबा र बुर्का सहरबाट एक महिला र एक युवकलाई पनि पक्राउ गरेको एजेन्सीले जनाएको छ ।
कब्जा गरिएका वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रहरूमा नागरिक र उनीहरूको सम्पत्तिमा बसोबास गर्नेहरू माथि आक्रमणका अतिरिक्त छापा, गिरफ्तारी र सडक बन्दको घटना बढेको देखिएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















