भैरमपुरका आगलागी पीडितलाई थप राहत सामग्री हस्तान्तरण


नवलपरासी , जेठ २७ गते । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ०५ स्थित भैरमपुरका १२ घर परिवारलाई आज थप राहत सामग्री हस्तान्तरण गरिएको छ । केही महिना अघि भएको आगलागीबाट प्रभावित १२ घरपरिवारलाई आवश्यक खाद्यान्न, घर निर्माण कार्यमा प्रयोग गरिने फलाम जन्य सामग्री र केही स्टेसनरी सामग्री संयुक्त रूपमा हस्तान्तरण गरिएको हो ।
रोटरी क्लब अफ काठमाडौँ मिड टाउनको प्रयोजनमा रोटर्याक्ट क्लब अफ काठमाडौँ मिड को समन्वयमा प्राप्त विभिन्न सामग्रीहरू प्रभावित समुदायमा पुगेर हस्तान्तरण गरिएको छ ।
सामग्री वितरण गर्दै प्रतिनिधि सभा सदस्य विक्रम खनालले भैरमपुरमा परेको पीडालाई मलम लगाउने विभिन्न संघ संस्थाबाट गरिएको सहयोग प्रति सबैलाई आभार व्यक्त गर्नुभयो। आगलागीबाट प्रभावित भएका समुदायलाई सक्दो सहयोग गर्ने आफ्नो दायित्व भएकोले एक जिम्मेवारी जनप्रतिनिधि रूपमा आफूले सबै संघ संस्थाको सहकार्यमा राहत सामग्री वितरण भएको बताउनुभयो ।
यस अघि प्रतिनिधि सभा सदस्य खनालको पहलमा इन्द्रेणी सामाजिक विकास मञ्च, यूएमएन लगायतका विभिन्न संघ संस्थाको सहयोगमा खाद्यान्न, लत्ताकपडा, भान्साजन्य विविध सामग्री उपलब्ध गराई सकिएको छ।
तस्बिर – सामग्री हस्तान्तरण र भिडीयो























