लाम्पाटामा सशस्त्र बल र प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना

उमेश रोकाया


बाजुरा , जेठ २७ । बाजुराको लाम्पाटामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ । बाजुरा र हुम्लाका स्थानीयहरु बीच हिमाली गाउँपालिका–३ लाम्पाटामा प्रहरी चौकी स्थापनाको विषयलाई लिएर विवाद र झड्प भएको दुई सातापछि सरकारले अस्थायी सुरक्षा बेस स्थापना गरेको हो ।
बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार लाम्पाटामा संयुक्त सुरक्षा बेसका लागि सदरमुकाम मार्तडीबाट बुधवार टोली हिडेको छ । सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा २१ जना र प्रहरी सहायक निरीक्षक मिठ्ठु बहादुर बोहराको कमाण्डमा ७ जना नेपाल प्रहरी गरी २८ जनाको टोली पठाइएको जानकारी दिए । तीन महिनासम्म सुरक्षा बेस स्थापना गरेर रानीसैन क्षेत्रमा सुरक्षाका लागि उक्त टोलीले नियमित गस्ती गर्ने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
हिमाली गाउँपालिका ३ लाम्पाटामा जेठ ३ र ५ गते स्थानीयबासी, कर्मचारी तथा जनप्रतिनिधिमाथि हुम्लाका नागरिकहरुले लाम्पाटामै आएर कुटपिट तथा दुव्र्यवहार गरेका थिए । यस्तै जेठ २३ गते हुम्ला क्षेत्रका बासिन्दाले रानीसैन क्षेत्रबाट भोटे समुदायलाई लखेट्नुका साथै गोठमा आगजनी गरेको तथा दुव्र्यवहार गर्ने गरेको स्थानीयले बताएका छन् ।
लाम्पाटा र रानीसैनको सुरक्षा अवस्थालाई मध्यनजर गरेर लाम्पाटामा प्रहरीको अस्थायी चौकी स्थापना गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी शैलेश्वरी बोहराले बताएकी छन् । उनकाअनुसार सशस्त्र र नेपाल प्रहरीको संयुक्त टिम लाम्पाटा बस्ने भएको हो । नेपाल सरकारको निर्णय अनुसार प्रहरी लाम्पाटामा बस्ने बोहराले बताइन् ।
यहीँ जेठ ५ गते रानीसैन क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा प्रचारका लागि पुगेको टोलीमाथि कुटपिट तथा दुव्र्यवहार भएको घटना सार्वजनिक भएको थियो । उक्त घटनामा कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालसहितको टोलीमाथि आक्रमण गरिएको थियो ।
घटनामा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर ३ का वडा सदस्य पेमागारा गुरुङलगायत केही स्थानीय तथा सुरक्षाकर्मी घाइते भएका थिए ।
जेठ ३ गते हुम्लाबाट आएका स्थानीयले लाम्पाटा गाउँ पुगेर वडा सदस्य पेमागारा गुरुङ लगायत स्थानीयलाई कुटपिट गरी बन्धक बनाएका थिए । पछिल्लो घटनाले रानीसैन क्षेत्रको विवाद झन् जटिल बन्दै गएको स्थानीयको भनाइ छ । भोटे समुदायका व्यक्तिहरूले आफूहरू असुरक्षित बनेको गुनासो गर्दै तत्काल सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गर्दै आएका छन् ।
स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी आगजनी, कुटपिट तथा लुटपाटमा संलग्नलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् । साथै, अन्तरजिल्ला सीमा तथा स्वामित्वसँग जोडिएका विवादलाई वार्ता र समन्वयमार्फत समाधान गर्न सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । रानिसैन संघर्ष समितिले विरोधका कार्यक्रम गर्दै आएको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















