प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

रासस
२०८३ जेष्ठ २७ | मध्यान्ह ०१:०२ बजे

काठमाडौँ, जेठ २७ । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक यो समाचार तयार गर्दासम्म सुरू हुन सकेको छैन ।यसअघिका बैठकमा विपक्षी दलका सांसदहरूले विरोध गर्दै आएका कारण सहमतिका लागि प्रयास जारी रहेकाले बैठक सञ्चालनमा विलम्ब भएको हो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद गरेर अवरोध खुलाउन सहमतिको प्रयास गर्दै आउनुभएको छ ।
प्रतिनिधिसभाको यही जेठ १७ गतेको बैठकमा सांसदको प्रश्नको जवाफका क्रममा प्रधानमन्त्री शाहले सम्बोधन गर्नुभएको थियो ।






















