कर्णाली प्रदेश, मुख्य समाचार, शिक्षा, समाचार

मुगुका दुर्गम विद्यार्थीहरूलाई ट्र्याकसुट र झोला बितरण

उमेश रोकाया
२०८३ जेष्ठ २६ | मध्यान्ह १०:०२ बजे

बाजुरा , जेठ २६ । मुगु जिल्लाको खत्याड गाउँपालिका–८, आपमा रहेको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरूलाई ट्याकसुट र झोला बितरण गरिएको हो। बाबुलवासुर टिभिका संचालक तथा निर्देशक नारायण दत्त उपाघ्याय समन्वयमा सामाजिक सेवामा सक्रिय श्याम फुलुमाया हस्तकला उद्योगद्वारा सञ्चालित श्याम फुलुमाया फाउन्डेसनका सञ्चालक श्याम मङ्गराती तथा “भोकालाई भोजन, प्यासीलाइ पानी” अभियान सञ्चालन गर्दै आउनुभएका जय महाकाल युवा समूहका संरक्षक आशिषराज पाण्डेको पहलमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।‎

एक कार्यक्रमका बिच बिद्यालयमा सामाग्री वितरण गरिएको बाबुलवासुर टिभिका संचालक तथा निर्देशक नारायण दत्त उपाघ्यायले जानकारी दिनुभयो।‎बिध्यार्थीहरुलाई एक जोर कपडा र झोला बितरण गरिएको बाबुलवासुर टिभीका संचालक तथा निर्देशक नारायण दत्त उपाघ्यायले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरी सहयोगले उनीहरूको पढाइप्रति उत्साह थप हौसला प्रदान भएको छ ।‎

सानो प्रयासले पनि विद्यार्थीको भविष्य उज्यालो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै सहयोगी दाता आशिषराज पाण्डेले शिक्षा क्षेत्रको विकासका लागि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । ‎स्थानीय अभिभावक तथा विद्यालय परिवारले सहयोगी हातप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले दुर्गम क्षेत्रका विद्यार्थीलाई ठूलो प्रेरणा मिल्ने बताएका छन् ।

कमेन्टहरु