Opens in a new tab

चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न

रासस

29Shares
dida bag ad

चितवन, जेठ २६। चितवन मेडिकल कलेज (सिएमसी) मा २१ वर्षीया एक युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ । चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै आज ती युवतीलाई ‘डिस्चार्ज’ गरिने अस्पतालले जनाएको छ ।

अस्पतालका ‘इन्टरभेन्सनल रेडियोलोजिष्ट’ डा विवेककुमार साह र ‘कार्डियोभास्कुलर सर्जन’ प्रा डा अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो । डा साहका अनुसार चितवनको इच्छाकामना गाउँपालिकाकी युवती खाना खान नसकेपछि तीन दिनअघि सिएमसी अस्पताल आएकी हुन् । परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सिटी स्क्यानको परीक्षणले देखाएको थियो ।

कार्डियोभास्कुलर सर्जनले समेत शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा पुग्न कठिन रहेको भन्दै डा साहले भन्नुभयो, “चिरफार नगरी आधुनिक ‘न्युरो इन्टरभेन्सनल’ प्रविधिबाट नसा फुटेको ठाउँमा जाली राख्यौँ ।” यसलाई चिकित्सकीय भाषामा ‘फ्लो ड्रइभरटर’ भनिन्छ । उहाँले थप्नुभयो, “यस किसिमको समस्यालाई दुर्लभ मानिन्छ, एक हजारमा एक जनालाई यो समस्या देखिन्छ ।” यस्तो अवस्थामा जोखिमयुक्त ठाउँ बन्द गरी नसा जोगाउनुपर्ने उहाँले बताउनुभयो ।

यस्तो जोखिमपूर्ण उपचार गर्न दक्ष जनशक्ति र आधुनिक उपकरण आवश्यक पर्ने अस्पतालको ‘क्याथल्याब इञ्चार्ज’ अमृत काफ्लेले बताउनुभयो । अस्पतालसँग ‘बिआई–प्लेन क्याथ ल्याब’ भएकै कारण यो उपचार सम्भव भएको उहाँको भनाइ छ । आइतबार शल्यक्रिया गरिएकी ती युवतीलाई सोमबार वार्डमा सारिएको र आज अवस्था हेरेर डिस्चार्ज गर्ने तयारी गरिएको काफ्लेले जानकारी दिनुभयो ।

डा साहका अनुसार मानिसमा शरीरको प्रतीरक्षा प्रणाली कमजोर हुँदा नसा पनि कमजोर हुने र फुट्ने समस्या देखिन्छ । उपचारका क्रममा नसा थप फुट्न सक्ने भएकाले निकै संवेदनशील ढङ्गबाट काम गर्नुपर्ने उहाँको भनाइ छ । डा साहले भन्नुभयो, “चिरफार नगरी धेरै शल्यक्रिया गरिएको भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलोपटक गरिएको हो ।”

अरुपनि पढ्नुहोस

सबै

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै

२०८३ कार्तिक १७ | बिहान ०६:०७ बजे

यस्तो छ विदेशी मुद्राको विनिमय दर

२०८३ कार्तिक १७ | बिहान ०६:०७ बजे

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

२०८३ कार्तिक १७ | बिहान ०६:०७ बजे