अर्थ

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

रासस
२०८३ जेष्ठ २६ | मध्यान्ह ०१:०२ बजे

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार रुपैयाँले बढेको छ ।सोमबार प्रतितोला रु दुई लाख ९९ हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु तीन लाख एक हजार ९०० निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । सोमबार प्रतितोला रु चार हजार ९०५ मा कारोबार भएको चाँदी आजका लागि भने रु चार हजार ९२५ निर्धारण भएको छ ।

कमेन्टहरु