फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

एजेन्सी
२०८३ जेष्ठ २५ | मध्यान्ह ०३:०२ बजे

मनिला । फिलिपिन्समा सोमबार बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । त्यहाँको फिलिपिन्सको नागरिक रक्षा कार्यालयका निर्देशक रोड्रिगो सोस्मेनाका अनुसार सोक्स्सार्गेन क्षेत्रमा १५ जनाको मृत्यु भएको हो ।
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले मिन्डानाओका छ वटा क्षेत्रमा सुनामी छालहरू रेकर्ड गरिएको रिपोर्ट गरेको छ । यी छालहरू स्थानीय समय अनुसार बिहान ७ः४२ बजेदेखि ८ः४५ बजेसम्म रेकर्ड गरिएका थिए । सबैभन्दा अग्लो छाल १ दशमलव ४ मिटरको थियो ।
स्थानीय समय अनुसार बिहान ११ः०० बजेसम्म १३८ वटा पराकम्पनहरू रेकर्ड गरिएको फिलिपिन्स इन्ष्टिच्यूट अफ भल्केनोलोजी एन्ड सिस्मोलोजीले बताएको छ । यी पराकम्पनहरू १ दशमलव ३ देखि ६ दशमलव ७ म्याग्निच्युडसम्मका थिए ।
























