प्रबास

इजरायलका दुई हवाई अड्डालाई निशाना बनाएको इरानको दाबी

एजेन्सी
२०८३ जेष्ठ २५ | मध्यान्ह ०१:०२ बजे

तेहरान । इरानको शक्तिशाली सैन्य निकाय इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले (आईआरजीसी)ले इजरायलका दुई सैन्य हवाई अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ ।

इरानी सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्युज एजेन्सी (आईआरएनए)का अनुसार आईआरजीसीले इजरायलको नेभाटिम र टेल नोफ हवाई अड्डालाई लक्षित गरी सैन्य कारबाही सञ्चालन गरेको जनाएको छ ।आईआरजीसीका अनुसार इजरायलले इरानका तीन स्थानमा रहेका विभिन्न राडार केन्द्रहरूमाथि मिसाइल आक्रमण गरेपछि त्यसको प्रतिकारस्वरूप यो कारबाही गरिएको हो ।

यसअघि इजरायली वायुसेनाले इरानका सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको थियो । त्यसलगत्तै इरानी सरकारी टेलिभिजनले राजधानी तेहरान सहित तब्रिज र इस्फाहान सहरमा विस्फोटका आवाज सुनिएको जानकारी दिएको थियो ।

कमेन्टहरु