रास्वपा सुनसरी सभापतिमा दाहाल

रासस
२०८३ जेष्ठ २४ | बिहान ०९:०२ बजे

इनरुवा (सुनसरी), जेठ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित हुनुभएको छ ।उहाँले १४२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । दाहालका निकटतम प्रतिद्वन्द्वी कृष्ण रौनियारले ७४ मत प्राप्त गनुभएको थियो ।उपसभापति राजेशमान श्रेष्ठ १९७ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी देवीका भण्डारीले ७४ मत प्राप्त गर्नुभयो । सचिवमा राजारामकुमार मेहता तथा सहसचिवमा योगेन्द्र गिरी सर्वसम्मत चयन हुनुभएको छ ।
यसैगरी, सदस्यमा लक्ष्मी सुवेदी २०९, राजकुमारी मेहता १६९, धर्मवीरकुमार आर्य ११२, रेणुका हरिजन १०९ तथा गोकुल थापा १०७ मतसहित निर्वाचित हुनुभएको छ ।



















