रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी

एजेन्सी


मस्काे । रूसले सेन्ट पिटर्सबर्ग नजिकै २५ वटा ड्रोन खसालेको दाबी गरेको छ । जहाँ मस्कोले आफ्नो प्रमुख आर्थिक मञ्च सञ्चालन गरिरहेको छ । क्षेत्रीय गभर्नर अलेक्जान्डर ड्रोज्डेन्कोले शनिबार टेलिग्राममार्फत जानकारी दिँदै २५ वटा मानवरहित हवाई यन्त्र (ड्रोन) खसालिएको र सैन्य कारबाही जारी रहेको बताएका छन् ।
यसैबिच, बुधबार युक्रेनी ड्रोनहरूले सेन्ट पिटर्सबर्गस्थित एक तेल प्रशोधन केन्द्र र सैन्य अड्डालाई निशाना बनाएका थिए । उक्त घटना ‘रूसको डाभोस’ भनेर चिनिने सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च सुरु भएको पहिलो दिन भएको हो । राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बोधन भएको एक दिनपछि सुरु भएको उक्त आर्थिक मञ्च शनिबार सम्पन्न हुँदैछ । यसै क्रममा, मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार शनिबार मस्कोतर्फ उडिरहेका थप ९ युक्रेनी ड्रोन पनि रूसी वायु सुरक्षाले खसालेको छ
रूस र युक्रेनबिच पछिल्ला महिनाहरूमा एक अर्कामाथि ड्रोन आक्रमण तीव्र बनेको छ । अमेरिका नेतृत्वको कूटनीतिक प्रयास युद्ध अन्त्य गर्न असफल हुँदै गइरहेका बेला यी आक्रमणहरू बढिरहेका हुन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















