खेलकुद

काठमाडौं १० वडा अध्यक्ष चेसमा क्षितिज भण्डारीको अग्रता 

राजु ताम्राकार
२०८३ जेष्ठ २२ | मध्यान्ह १०:०२ बजे

काठमाडौं, जेष्ठ २२ । काठमाडौं महानगरपालिका वडा नं. १० को आयोजनामा सञ्चालन भएको प्रथम केएमसी अध्यक्ष कप राष्ट्रिय खुला फिडे रेटिङ र्‍यापिड चेस प्रतियोगितामा एफएम क्षितिज भण्डारीले ६ अंकसहित एकल अग्रता लिएका छन्।
पहिलो दिन छैटौं चरणसम्म सुरोज महर्जन ५.५ अंकसहित दोस्रो स्थानमा रहेका छन् भने राजन सुवेदी ५ अंक जोडेर तेस्रो स्थानमा छन्।
समान ५ अंक टाइब्रेकका आधारमा क्रमशः आशिष फूयाँल, सिएम शुश्रुत दाहाल, ज्वाला इम्बुङ, गणेशबहादुर थापा, बद्रीलाल नेपाली, कमल श्रेष्ठ, पूर्णराज खड्का, सिएम नवीन तण्डुकार, जेनिश घिमिरे र प्रेम खड्का क्रमशः शीर्ष १३ स्थानभित्र रहेका छन्।

Messenger creation CD33101D E1DD 4768 958C A4F879109417

यस्तै समान ४.५ अंक बनाएर सुजन रानाभाट, अशोकमोहन श्रेष्ठ, गणेशमान दुवाल, धिरेन राई, साजन पाण्डे, विजेश राजकर्णिकार, सविनचन्द्र धिमिरे र राजन पुरी रोमञ्चक होडमा छन्।
यसबिच काठमाडौं महानगरपालिका वडा १० का अध्यक्ष रामकुमार केसिको सभापतित्वमा सम्पन्न उदघाटन समारोहमा बागमती प्रदेश संसद दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।

प्रतियोगिताको उदघाटन समारोहमा वडा अध्यक्ष रामकुमार केसिले यस प्रतियोगिता मार्फत उच्चस्तरीय प्रतिस्पर्धा र फिडे रेटिङको अवसरका कारण नेपाली बुद्धिचाल क्षेत्रमा विशेष आकर्षण सिर्जना गरेको बताएका छन् ।
नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको प्रतियोगितामा कार्यक्रम निर्देशक इन्द्रकुमार बस्नेतले राष्ट्रिय तथा फिडे रेटिङ प्राप्त खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको जनाए ।

कमेन्टहरु