दुबई यूएई, पर्यटन, प्रदेश, प्रबास, बिश्व

यूएईमा ‘प्रतिज्ञा तथा प्रतिबद्धता’ अभियान सुरु, नागरिक र बासिन्दालाई डिजिटल रूपमा सहभागी हुन आह्वान

कबिराज राजबंशी
२०८३ जेष्ठ २२ | बिहान १०:०२ बजे

file 0000000049c471f4bfe625f1d7346a92

प्रवास दुबई, युएई । संयुक्त अरब इमिरेट्स (यूएई) मा राष्ट्रिय एकता, सहअस्तित्व र देशप्रतिको अपनत्वलाई थप सुदृढ बनाउने उद्देश्यले ‘प्रतिज्ञा तथा प्रतिबद्धता’ (Pledge and Commitment) नामक अभियान सञ्चालनमा ल्याइएको छ।

सामाजिक तथा राष्ट्रिय सद्भाव प्रवर्द्धन गर्ने लक्ष्यसहित सुरु गरिएको यस अभियानमा यूएईका नागरिक तथा विभिन्न राष्ट्रियताका बासिन्दाले डिजिटल माध्यममार्फत आफ्नो सहभागिता जनाउन सक्नेछन्।

 

अभियानअन्तर्गत सहभागीहरूले यूएईको नेतृत्वप्रति सम्मान, राष्ट्रप्रतिको निष्ठा तथा शान्तिपूर्ण सहअस्तित्वप्रतिको प्रतिबद्धता व्यक्त गर्दै डिजिटल प्रतिज्ञापत्रमा हस्ताक्षर गर्न सक्ने व्यवस्था गरिएको छ।

अभियानको मुख्य उद्देश्य देशमा बसोबास गर्ने सबै समुदायबीच एकता, आपसी सम्मान, जिम्मेवारीबोध र राष्ट्रिय मूल्यप्रतिको समर्पणलाई अझ मजबुत बनाउनु रहेको आयोजक पक्षले जनाएको छ।

यूएईलाई विश्वमै शान्ति, सहिष्णुता र बहुसांस्कृतिक सहअस्तित्वको उदाहरणका रूपमा स्थापित गर्न यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

 

सहभागीहरूले अनलाइन प्लेटफर्ममार्फत प्रतिज्ञा पूरा गरेपछि प्रशंसापत्र (Certificate of Participation) समेत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

UAE Pledge Kabi Raj Rajbanshi

यूएईमा रहेका सम्पूर्ण नागरिक तथा बासिन्दालाई अभियानमा सहभागी भई राष्ट्रिय एकता र साझा मूल्यप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्न आह्वान गरिएको छ।

कमेन्टहरु