मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश
प्रविधिबाट हुने हिसां तथा छुवाछुत न्युनिकरण गर्नका लागि सचेतना मुलुक कार्यक्रम सुरु


बाजुरा , जेठ २१ । बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा प्रविधिबाट हुने हिसां तथा छुवाछुत न्युनिकरण गर्नका लागि सचेतना मुलुक कार्यक्रम सुरु गरिएको छ । डिजिटल युगमा प्रविधिले जीवनलाई सहज बनाए पनि यसको दुरुपयोगका कारण सामाजिक हिंसा र छुवाछूतका घटनाहरू बढ्दै गएका छन् ।
विशेषगरी सामाजिक सञ्जालको प्रयोगमार्फत हुने जातीय विभेद, अपमानजनक टिप्पणी र साइबर हिंसालाई न्यूनीकरण गर्न आज एक विशेष सचेतनामूलक कार्यक्रम हिमाली गाउँपालिका -७ बाँधु बुधबार सुरु गरेर आज बिहीबार हिमाली गाउँपालिका – ६ को धीम गाउँमा सम्पन्न गरेका छन ।
कार्यक्रममा प्रविधिको सही सदुपयोग, साइबर कानुनको पालना र डिजिटल साक्षरताका माध्यमबाट यस्ता विकृतिहरूलाई कसरी निर्मूल गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको हिमाली गाउँपालिका न्यायीक समिति उजुरी प्रशासन बिर्ख राज पाण्डेले बताउनुभयो ।
प्रत्येक वडा गाउँमा गएर महिला पुरुष देखि युवाहरूलाई भेला गराइ समाजमा समानता र सम्मानजनक वातावरण निर्माण गर्न हामी सबैले डिजिटल माध्यममा सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । प्रविधिबाट हुने हिसां तथा छुवाछुत न्युनिकरण गर्नका लागि सचेतना मुलुक कार्यक्रम हिमाली गाउँपालिका सबै वडामा पुगेर कार्यक्रम निरन्तर गरिने भएको हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले बताउनुभयो ।























