भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते

रासस


काठमाडाैँ। भारतको बिहारको एक निजी अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अधिकारीले पुष्टि गरेका छन्।
घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशंका गरिएको छ। स्थानीय अग्निशमन विभागका अनुसार स्थानीय समय अनुसार बिहान करिब ३ः५५ मा आगलागी भएको हो। आगलागी हुँदा आईसीयू भित्र १३ जना बिरामी थिए।
करिब २० जना बिरामीलाई अग्निशमन विभागका कर्मचारीहरूले उद्धार गरी उपचारका लागि अस्पतालमा भर्ना गरिएको जनाइएको छ।स्थानीय मिडिया रिपोर्टका अनुसार बिजुलीको सर्किटका सर्ट भएका कारण आगलागी भएको अनुमान गरिएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















