Opens in a new tab

ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रासस

29Shares
dida bag ad

पर्वत । कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाकोे ज्यान गएको छ।पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध२प ३८०५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको ज्यान गएको छ।दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ बनौ निवासी करिब ४० वर्षीय हिरा गर्बुजा र मोटरसाइकलको पछाडि सवार कुश्मा नगरपालिका–१ मालढुङ्गा निवासी अन्दाजी ३५ वर्षीय सुजन भण्डारीको मृत्यु भएको छ।

ट्रकको ठक्करवाट गम्भीर घाइते दुवै जनालाई उपचारका लागि प्रदेश अस्पतालमा ल्याएको केही बेरमा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुवै जनाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो। दुवै मृतकको शव परीक्षणका लागि अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन पटेलले जानकारी दिए।

प्रहरीले ट्रक चालक तनहुँको भिमाद नगरपालिका–२ निवासी करिब ३५ वर्षीय मनोज थापालाई ट्रकसहित जिल्ला प्रहरी कार्यालयमा राखेको छ।

अरुपनि पढ्नुहोस

सबै

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

२०८३ कार्तिक १७ | मध्यान्ह ०१:०७ बजे

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

२०८३ कार्तिक १७ | मध्यान्ह ०१:०७ बजे

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

२०८३ कार्तिक १७ | बिहान ११:०७ बजे