चितवनमा क्रिप्टोकरेन्सी कारोबार गर्ने कावासोतीका बुद्धिसागर भुषाल पक्राउ

नवलपुर टुडे


चितवन, जेठ १९। चितवन प्रहरीले अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१० बस्दै आएका २४ वर्षीय बुद्धिसागर भुषाल रहेका छन्।
प्रहरीका अनुसार जेठ १८ गते बेलुका करिब ७ः४५ बजे भुषालले विद्युतीय उपकरणमार्फत Binance एप प्रयोग गरी अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
उनको साथबाट मोबाइल फोन १ थान र नगद रु. ४ लाख ५० हजार बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका भुषालमाथि अभौतिक मुद्रा सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















