१९ लाख बढी मूल्यको फर्सीको बीउ बरामद

रासस


सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले झन्डै साढे १९ लाख रूपैयाँ बराबरको अवैध फर्सीको बीउ बरामद गरेको छ ।
नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्नका लागि लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले उक्त परिमाणको बीउ बरामद गरेको हो ।
विशेष गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष प्रहरी टोलीले सोमबार बेलुका बरियारपट्टी गाउँपालिका–२ बस्ने हरिदेव दासको घरमा छापा मारेको थियो ।
दासको घरमा खानतलासी गर्दा घरको ‘प्यासेज’मा लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबोरा २८ हजार बजार मूल्य पर्ने कुल ७० बोरा फर्सीको बीउ (बियाँ) फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको उक्त फर्सीको बीउको कुल मूल्यांकन १९ लाख ६० हजार रूपैयाँ कायम गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार बरामद सामानलाई आवश्यक कारबाहीका लागि आज भन्सार कार्यालय माडर, सिरहामा बुझाइएको छ ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
अरुपनि पढ्नुहोस
सबै
सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
















