अदालत, अर्थ, इतिहास, कर्णाली प्रदेश, कृषि, खेलकुद, गण्डकी प्रदेश, घटना, ट्राफिक अपडेट, तस्कर, देश, धर्म–संस्कृति/रीतिथिति, न्यायालय, पर्यटन, प्रदेश, बागमती प्रदेश, बाढी/पहिरो, बिश्व, मधेश प्रदेश, मानवअधिकार, मुख्य समाचार, राजनीति, रोजगार, लुम्बिनी प्रदेश, विश्व, शिक्षा, समाचार, समाज, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि
बागलुङमा बौद्धिक अपाङगता स्थापना दिवस सम्पन्न


बागलुङ, जेठ १९ । बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङको आयोजना र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघ केन्द्रिय समिति काठमाडौको सहयोगमा बौद्धिक अपाङ्गता स्थापना दिवस एक कार्यक्रमका विच सम्पन्न भयो । जसमा कुल २५ जना विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सनी कुमार के सी, एकिकृत सेवा केन्द्र कार्यालय बागलुङका कम्युटर अधिकृत श्याम कुमार थापा मगर, नेपाल गाँजा फाउन्डेसन, बागलुङका सचिव उमेश गौतम, अपाङ्ग सरोकार संघ बागलुङका अध्यक्ष जगुपति कंडेल, अभियन्ता रेशम आले मगरले स्थापना दिवसको बारेमा शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साथै बौद्धिक अपाङ्ग दिवसको घोषणा पत्रको वाचन अभिभावक इन्द्रा शर्माले गर्नुभएको थियो । सो कार्यक्रमको अध्यक्षता बौद्धिक अपाङ्ग भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङका सचिव याम बहादुर थापा मगरले, संचालन विशेष बाल कक्षा विद्यालय उपल्लाचौरका प्रध्यानाध्यापक युक्तजग राजभण्डारी र स्वागत सुरक्षा सापकोटाले गर्नुभएको थियो ।
हरेक वर्षको जेठ १८ लाई बौद्धिक अपाङ्घता दिवसको रुपमा मनाउन सरकारलाई पहल गर्ने, जनचेतना मार्फत भेदभाव अन्त्य गर्ने, राष्ट्रीय तथा अन्तराष्ट्रिय साझेदारी विकास अभिवृद्धि कायम गर्ने, प्रभावित व्यक्तिहरु तथा परिवारका आवाजलाई नीति निर्माण तह समावेश गराउने रहेको छ । हाम्रो बारेको निर्णय, हामीसँग,हामीलाई बुझेर भन्ने मुल नारा रहेको छ । आत्मसम्मानको अधिकार,पहिचान र सम्मानको अधिकार, शिक्षाको अधिकार, स्वास्थ्यको अधिकार,सहभागिताको अधिकार, परिवार र समुदायमा बसोबासको अधिकार,कानुनी संरक्षणको अधिकार,राज्य र समाजको दायित्वका बारेमा वकालत गर्ने रहेको छ ।
त्यसैगरी अपाङ्गता भन्दा पहिला व्यक्तिलाई हेर्ने, पछाडिपारीएकाहरुलाई पहिलो साथ र प्राथमिकता दिने, आवाजहरु मौन हुँदा आवाज सशक्त रुपमा उठाउने,बन्द रहेका ढोकाहरु खोल्ने, सबै मिलेर सबैका लागि नेपाल निर्माणमा लाग्ने छु र माया र बलिदानका साथ आगामी यात्राा तय गरेर परिवारलाई साथै लैजाने काम हुने प्रतिवद्धता व्यक्त गरिएको जानकारी बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावकहरुको संघ, बागलुङका सचिव याम बहादुर थापा मगरले जानकारी दिनुभयो ।
तस्वीरमा कार्यक्रमको झलक:






























