दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास, बिश्व, मुख्य समाचार

यूएईमा उँभौली साकेला: संयुक्त आयोजनाले दियो समुदायिक एकताको सशक्त सन्देश

कबिराज राजबंशी
२०८३ जेष्ठ १८ | मध्यान्ह ०६:०२ बजे
 यूएईमा ५०८६औँ उँभौली साकेला तथा श्याँदर पिदार पर्व भव्य रूपमा सम्पन्न

प्रवास दुबई, यूएई|

किराँत राई यायोक्खा शाखा युएई र सुनुवार सेवा समाज शाखा युएईको संयुक्त आयोजनामा किराँत राई समुदायको महान चाड ५०८६औँ उँभौली साकेला तथा सुनुवार समुदायको श्याँदर पिदार चाड दुवईमा अवस्थित SK7 रेष्टुरेन्ट बर दुबईमा भव्य रूपमा मनाइएको छ। ३१ मे २०२६ आइतबार आयोजित विशेष कार्यक्रममा युएईभर रहेका विभिन्न जातीय, सामाजिक तथा सांस्कृतिक संघ–संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, व्यवसायी, पत्रकार तथा समुदायका अग्रजहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

FB IMG 1780285531420

कार्यक्रमको शुभारम्भ नेपाल, युएई तथा किराँती राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि आफ्ना पितृ तथा पुर्खाहरूको सम्झनामा प्रकृतिपूजा गर्दै धुप–धुवार अर्पण गरी पानसमा बत्ती बालेर औपचारिक उद्घाटन गरिएको थियो। कार्यक्रममा आदिवासी जनजाति महासंघ (नेफिन) युएईका अध्यक्ष भागीरथी कुमार भगत प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने किराँत राई यायोक्खा शाखा युएईका अध्यक्ष डिके किराँतीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

FB IMG 1780285514468

कार्यक्रममा सुनुवार सेवा समाज शाखा युएईका कार्यवाहक अध्यक्ष पूर्णबहादुर सुनुवार, किराँत राई यायोक्खा शाखा युएईका संरक्षक राज संगम राई, संस्थापक संरक्षक तथा सल्लाहकार मुक्ति साम्पाङ राई, संस्थापक महासचिव राजकुमार चाम्लिङ राई, संस्थापक सदस्य तथा सल्लाहकार ईश्वर पुमा राई, सल्लाहकारहरू महेन्द्र राई, मुम्चे राई, चन्द्र साम्पाङ राई, बुद्धि मेवाहाङ, संस्थापक सचिव पूर्ण नाछिरिङ राई, भूतपूर्व सिलिहाङ्पा संजय खालिङ राई, सल्लाहकार खम्बासिंह राईलगायतको उपस्थिति रहेको थियो।

FB IMG 1780285500255

त्यसैगरी किराया क्षेत्रीय कार्यसमिति अबुधाबीका अध्यक्ष विद राई, भूतपूर्व अध्यक्ष सपना राई, भूतपूर्व कोषाध्यक्ष हिराधन राई, तेज राई, उमेश मौसम राई तथा उमेश दुमी राईलगायतले पनि कार्यक्रममा सहभागिता जनाएका थिए।IMG20260531141437 01

विशेष अतिथिका रूपमा नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान, संघीय लिम्बुवान सामाजिक मञ्च युएईका अध्यक्ष विक्रम वाजिहाङ लिम्बु, नेफिन युएईका प्रमुख संरक्षक विक्रम लिम्बु, संरक्षक टंक थापा मगर, सल्लाहकार कुमार बलामी, प्रमुख सल्लाहकार सनिल घिसिङ, सल्लाहकार कमल लावती तथा संस्थागत संरक्षक लक्ष्मण श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो।

IMG20260531134636

यसैगरी फोनिज युएईका अध्यक्ष फलेन्द्र बलमपाकी मगर, तुमु समाज युएईका अध्यक्ष इन्द्रबहादुर गुरुङ, नेपाल मगर संघ शाखा युएईका अध्यक्ष विष्णु राना मगर, तामाङ समाज युएईका अध्यक्ष सुरेन तामाङ, किरात याक्थुङ चुम्लुङ युएईका अध्यक्ष पोबो थेबे सेमी, नेवा पुचः युएईका अध्यक्ष वीरेन्द्र नकर्मी, शेर्पा किदुक युएईका अध्यक्ष निमा शेर्पा, थारु कल्याणकारी सभा युएईका अध्यक्ष रामनन्द चौधरी, प्रवासी भुजेल समाज सेवा समिति युएईका अध्यक्ष हरिकुमार खवास तथा कुमाल समाज युएईका अध्यक्ष राजु कुमालको समेत उपस्थिति रहेको थियो।

FB IMG 1780285758157

त्यस्तै मिस्टर इन्डिजिनियस २०२५ किशन लला चौधरी, मिस इन्डिजिनियस २०२५ देवीमाया सुनुवार, ‘हाम्रो कुराकानी’का सम्पादक लालबहादुर देंगा, सुनसरी समाज युएईका अध्यक्ष सरु कटुवाल, नवलपुर टुडेका पत्रकार कविराज राजवंशी, दरबार ज्वेलरीका सञ्चालक नरबहादुर घले, एक्सिस ग्राफिक्स डिजाइनका सिइओ तेवाङ तामाङ, साइन नेचुरल मिना बजारकी सञ्चालक निर्मला राई, सीता राई तथा राज संगम राईलगायतको बाक्लो उपस्थिति रहेको थियो।

IMG20260531135725

 

कार्यक्रमको औपचारिक सञ्चालन किराँत राई यायोक्खा शाखा युएईका तर्फबाट सबिना चाम्लिङ राईले गर्नुभएकि थिइन। कार्यक्रममा किरायाका वरिष्ठ उपाध्यक्ष अर्जुन साम्पाङ राईले स्वागत मन्तव्य राख्दै सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो।

FB IMG 1780285562753

कार्यक्रममा नेफिन युएईका संरक्षक विक्रम लिम्बु, किराया संस्थापक मुक्ति साम्पाङ राई, किराया सल्लाहकार चन्द्रकला साम्पाङ राई तथा संस्थापक सल्लाहकार ईश्वर कुमार राईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले उँभौली साकेला तथा श्याँदर पिदार पर्वको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्वमाथि प्रकाश पार्दै विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कार र पहिचानलाई जगेर्ना गर्नुपर्नेमा जोड दिएका थिए।

 

प्रमुख अतिथि भागीरथी कुमार भगतले किराँत राई यायोक्खा शाखा युएई र सुनुवार सेवा समाज शाखा युएईले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेकोमा प्रशंसा व्यक्त गर्दै युएईमा रहेका अन्य जातीय संस्थाहरूले पनि समान प्रकृतिका चाडपर्वहरू सहकार्य र समन्वयमा मनाउनुपर्ने सुझाव दिनुभयो। यसले आर्थिक खर्चमा बचत हुनुका साथै कार्य विभाजन सहज हुने र ठूलो समुदायको सहभागिता सुनिश्चित हुने धारणा उहाँले व्यक्त गर्नुभयो।

FB IMG 1780285580079

सभाध्यक्ष डिके किराँतीको समापन मन्तव्यसँगै औपचारिक कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको अर्को विशेष आकर्षणका रूपमा दुवै संस्थाको स्थापना कालदेखि निरन्तर सहयोग पुर्‍याउँदै आएका विभिन्न व्यक्तित्वहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरी विशेष सम्मान गरिएको थियो।

 

कार्यक्रममा  प्रस्तुत गरिएको साकेला सिल्ली तथा ढोले नृत्यले सम्पूर्ण सहभागीहरूलाई उत्साहित बनाउँदै कार्यक्रमलाई थप आकर्षक र उल्लासमय बनाएको थियो। परम्परागत भेषभूषामा सजिएका सहभागीहरूले सामूहिक रूपमा साकेला सिल्ली नृत्य प्रस्तुत गर्दा कार्यक्रमस्थल किराँती संस्कृति र परम्पराको रंगले झनै जीवन्त बनेको थियो।

FB IMG 1780285596772

उक्त कार्यक्रमले विदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्न नेपाली समुदाय एकजुट रहेको सन्देश दिएको आयोजकहरूले बताएका छन्।

कमेन्टहरु