कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुराका अधिकासं महिला गहुँ काट्ने चटारोमा


बाजुरा, जेठ १८ । बाजुरा जिल्लाका अधिकासं महिला गहुँ काट्ने चटारोमा भएका छन । बैशाख महिना लागे देखि जौ र गहुँ टिप्न महिलाहरु खेतीपाती व्यस्त रहेका छन । कार्तिक र मंसिर महिनामा छरेको बाली आजभोलि उब्जाएको अन्नबाली भित्र्याउन खेतबारीमा लागिरहेका छितकला रोकायाले बताउनुभयो ।
पहिला भन्दा अहिले गहुँ बाली उत्पादन कम हुँदै गएको छ । खेतमा सिचाइ अभावको कारणले उत्पदन घट्दै गइरहेको छ । अन्न खेतमा छर्दा पानीको समस्या हुने अहिले भित्र्याउन समयमा वर्षा अत्यधिक रुपले पर्ने अन्नबाली कम हुँदै आएको छ । गाउँ घरमा धेरै जसो गहुँ बाली धेरै प्रयोग गर्छन् ।
प्रयोग धेरै भएपनि यसको खेतीकमाइ न्युन भैरहेको छ । अहिले बाजुराका स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका, हिमाली गाउँपालिका र बुढिनन्दा नगरपालिका धेरै जसो महिला गहुँ बाली भित्र्याउन चटारोमा परेका छन । गहुँ बाली मुख्या बालीको रूपमा हुँदा यसलाई उत्पादन बढी जोड दिदै आएको हिमाली गाउँपालिका स्थानीय महिला नाउता रोकायाले बताउनुभयो ।
























