मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
गंंगा आवि भवन हावाहुरीले गर्दा पठनपाठन समस्यामा

उमेश रोकाया
२०८३ जेष्ठ १३ | मध्यान्ह ०४:०२ बजे

बाजुरा , जेठ १३ । बाजुरा जिल्ला हिमाली गाउँपालिका -३ बौडी गाउँमा रहेको गंंगा आधारभूत विधालय भवनको छत हावाहुरीले भत्किएको छ । जेठ ११ गते दिउँसो तीन बजेतिर एक्कसी ठुलो हावाहुरी आएपछि विधालय दुई कोठाको भवनको छत भत्काएको छ।
विधालयमा भएको कोठाको समस्या आएपछि विद्यार्थीहरुको पठनपाठन खुल्ला आकाशमा पढाई गर्नुपर्ने अवस्था भएको छ । विधालयको मुख्य समस्या भनेको विधालय भवन जिर्ण हुँदा निकै समस्या परेको प्रधानाध्यापक वाल्मीकि पाण्डेले बताएका छन ।
अहिले भवनको अभावले गर्दा विद्यार्थी पढाई गर्न गार्हो भएको छ । दुई वटा भवनको जस्तापाता सहित हावाहुरीले फालिएको हुनाले अहिले विधालय पढाईको अवरुद्ध भएको छ । यसलाई मर्मत गर्नका लागि तत्कालीन बनाउन सम्बन्धित निकायलाई विधालयले ध्यानाकर्षण गराएको छ ।






















