रौतहटमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अशोक यादव
२०८३ जेष्ठ १३ | मध्यान्ह ०२:०२ बजे

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा आज भएको सवारी दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ। आज बिहान करिब ११ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७२४८ नम्बरको बसले चन्द्रनिगाहपुरबाट बागमतीतर्फ जाँदै गरेको ना २५ प नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–१ पौराई निवासी २६ वर्षीय शेख गुलामको मृत्यु भएको प्रहरीले नवलपुर टुडेलाई जानकारी प्राप्त भएको छ। प्रहरीका अनुसार दुर्घटना जुडिबेलाबाट करिब १ किलोमिटर पूर्वतर्फ भएको हो। घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

















