मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

जन्मदिनको अवसरमा वि.व्य.स. अध्यक्ष रोकायाले बडिमालिका माविमा स्टेसनरी तथा सरसफाइ सामाग्री सहयोग

उमेश रोकाया
२०८३ जेष्ठ १३ | बिहान ०५:०२ बजे

बाजुरा, जेठ १३ । बाजुरा जिल्ला हिमाली गाउँपालिका – ६ धीम गाउँमा रहेकोे बडिमालिका माध्यमिक विद्यालयमा स्टेसनरी र सरसफाइ सामाग्री वितरण गरिएको छ । सोही विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले आफ्नो जन्मदिनको अवसरमा आफ्नै विद्यालयका विद्यार्थीहरुलाई पठनपाठन सहज होस् भन्ने हिसाबले स्टेसनरी तथा सरसफाइ सामाग्री सहयोग गरेका छन ।

२ सय ८१ जना विद्यालय बालबालिकाहरुलाई कापी २ सय ५० वटा, साबुन २ सय २ वटा, बाल्टिङ २ वटा, बुरुस २ वटा, जग २ वटा र भाडा राख्ने सामाग्री विद्यालयलाई हस्तान्तरण गरेका छन । विशेषगरी आफ्नो जन्मदिनको अवसरमा अनावश्यक त्यतै खर्च गर्नुभन्दा विद्यालय बालबालिका सहयोग गर्दा केही विद्यार्थी भाइबहिनीहरुलाई पढाईमा थप टेवा पुग्ला भनेर सकेजति सानोतिनो सहयोग सहयोग गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले बताएका छन ।

हरेक वर्ष जन्मदिन अवसर पारेर विद्यालयमा सहयोग गर्ने गरेको छ । आफ्नो सानो सहयोगले पठाइमा हौसला प्रदान गरुन् सरसफाइका लागि पनि सबै विद्यार्थीलाई साबुन सहित विद्यालयमा बाल्टिन, बिरुस र पानी खाने जग सहित विधालय परिवारलाई हस्तान्तरण गरिएको छ । आउँदा वर्षमा आफ्नो जन्मदिनको अवसरमा सके जतिको विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्ने उनले बताएका छन ।

कमेन्टहरु