दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रबास, मुख्य समाचार

पाल्पालि समाज यूएईको ११औँ वार्षिकोत्सव ऐतिहासिक रूपमा सम्पन्न

कबिराज राजबंशी
२०८३ जेष्ठ १२ | बिहान ०२:०२ बजे

FB IMG 1779734396946

प्रवास दुवई, यूएई|

यूएईमा रहेका पाल्पालीहरूको साझा संस्था पाल्पालि समाज यूएईले आफ्नो ११औँ वार्षिकोत्सव समारोह तथा सांस्कृतिक कार्यक्रम अत्यन्त भव्य, सभ्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ । दुबईस्थित जया किचेन एण्ड रेष्टुरेन्टमा मे २५ तारिखका दिन आयोजित कार्यक्रममा नेपाली कला, संस्कृति, एकता तथा आपसी सद्भावको सन्देश झल्किएको थियो ।

FB IMG 1779739137924

समारोहको उद्घाटन पानसमा दीप प्रज्वलन गरी गरिएको थियो भने ११औँ वार्षिकोत्सवको अवसरमा विशेष केक काटेर उत्सव मनाइएको थियो । कार्यक्रमको अध्यक्षता पाल्पालि समाज यूएईका अध्यक्ष कैलाश अर्यालले गर्नुभएको थियो ।

FB IMG 1779739117083

कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । साथै संस्थाको स्थापना कालदेखि निरन्तर सहयोग पुर्‍याउँदै आएका विभिन्न व्यक्तित्वहरूलाई विशेष सम्मानसमेत गरिएको थियो ।

IMG20260524142715

 

समारोहका प्रमुख अतिथि नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तान रहेका थिए भने नेपाली समाज यूएई पार्षद अध्यक्ष कमल गिरि, लुम्बिनी प्रदेश समाजका अध्यक्ष नारायण अधिकारी, विभिन्न जिल्ला तथा प्रदेशगत संस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिती रहेको थियो ।

IMG20260524151843

त्यसैगरी नवलपुर सेवा समाज यूएई, स्याङ्जा समाज यूएई लगायत विभिन्न सामाजिक संस्थाहरू, पत्रकार, समाजसेवी तथा प्रवासी नेपालीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ विशेष र ऐतिहासिक बनाएको आयोजकले जनाएको छ ।

IMG20260524145254

 

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समर्थन तथा उपस्थिती जनाउने सम्पूर्ण महानुभावहरूप्रति पाल्पालि समाज यूएईले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

IMG20260524142731IMG20260524143345 01

“प्रवासमा रहेर पनि आफ्नो भाषा, कला, संस्कृति र आपसी सम्बन्धलाई जगेर्ना गर्दै अघि बढ्नु नै हाम्रो साझा अभियान हो” भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले यूएईस्थित नेपाली समुदायबीच आत्मीयता, एकता र सहकार्यको भावना अझ मजबुत बनेको विश्वास व्यक्त गरिएको छ । 🙏

कमेन्टहरु