घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

हिमालीका युवा आन्दोलनमा, माग पूरा नभएसम्म अनिश्चितकालीनका लागि सडक बन्द

उमेश रोकाया
२०८३ जेष्ठ १० | मध्यान्ह ०४:०२ बजे

बाजुरा , जेठ १० । बाजुरा जिल्ला हिमाली गाउँपालिकामा हिमाली युवा क्लब द्वारा अनिश्चितकालीनका लागि कर्णाली करिडोर पूर्णरूपमा बन्द गरिएको छ । जेठ ८ गतेको दिन हिमाली युवा क्लब तथा हिमाली गाउँपालिकाका राजनीतिक दल रजिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल गुल्म हे.क्वा. बाजुरा बिच निम्न बमोजिमका विषयहरूमा २४ घण्टाका लागि सम्झौता गरिएको थियो तर हाल सम्म उक्त मागहरूमा कुनै पनि कार्यान्वयन नभएको जनाएको छ

हिमाली गाउँपालिका वडा नं. ३ का स्थानीयहरूको घरहरूमा सोही अपराधीहरूले थप लुटपाट र तोडफोड गर्नेकार्य गरिरहेको हुँदा उक्त घटनाको यथार्थ छानबिन गरि दोषीलाई कानुनी दायरामा ल्याई तपसिलका मागहरूको पूरा नभएसम्म आज दिउँसो १ बजेबाट धुलाचौर बजार देखि हुम्ला जाने सडक अनिश्चितकालका लागि बन्द गरिएको छ । आज दिउँसो १ बजेबाट अनिश्चितकालीन सम्मका लागि यस हिमाली युवा क्लबद्वाराकर्णाली राजमार्ग पूर्णरूपमा बन्द गरिएको हिमाली युवा समुह अध्यक्ष विनोद बुढाले जानकारी दिनुभएको छ ।

हिमाली गाउँपालिका वडा नं. ०३ को लाम्पाटामा भएको घटनाको स्थलगत अनुगमन गरि सर्जमिन मुचल्का बनाउने ।हुम्ला जिल्ला खार्पूनाथ गाउँपालिका वडा नं. २ र ३, सर्केगाड गाउँपालिका वडा नं. २ र उक्त घटनामा संलग्न भएका जोकोही दोषीहरूलाई कानुनी दायरामा ल्याउनुका साथै स्थानीय व्यक्ति र घुम्न गएका पर्यटकहरूको लुटिएका व्यक्तिगतर सार्वजनिक सम्पत्तिहरूको क्षतिपूर्ति पीडितहरूलाई उपलब्ध गराउने माग गरेका छन ।

हिमाली गाउँपालिका वडा नं. ०३ लाम्पाटामा भएको घटनामा निर्मम कुटपिट गरिएका स्थानीयहरूको उपचारकालागि पीडक पक्षले जिम्मा लिई पीडित पक्षलाई उपचारको पूर्ण क्षतिपूर्ति उपलब्ध गराउने र लाम्पाटा च्याचौरका विस्थापित परिवारलाई स्थापना गरि घरको सम्पूर्ण लुटिएकोधनसम्पत्ति असुल गराई सुरक्षाको प्रत्याभूति दिलाउने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका छन ।

च्याचौरमा निर्माणाधीन प्रहरी चौकी भवन निर्माणका नष्ट भएका सामग्रीहरूकोक्षतिपूर्ति असुल गरी भवन निर्माण कार्यका लागि आवश्यक प्रक्रिया तुरुन्तै अगाडि बढाउने । लाम्पाटा च्याचौरमा भएको घटनाको सही छानबिन गराउन, दोषीलाई कडा भन्दा कडासजाय दिलाउन र नेपाल सरकार समक्ष बलियो आवाज पुर्‍याउन सम्पूर्ण राजनीतिक दल, मिडियाकर्मी तथा सम्पूर्ण आमनागरिकबाट यस विषयको निष्पक्ष छानबिन गराई पीडितको न्यायका लागि साथ र समर्थन दिनुहुने छ भन्ने अपेक्षा राखेको हिमाली युवा समुहले जनाएको छ ।

कमेन्टहरु