लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची

रासस
२०८३ जेष्ठ १० | बिहान १०:०२ बजे

रुपन्देही । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ ।प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ ।

















