नारायणहिटी सङ्ग्रहालयभित्रको सभाहल र चमेनागृह हस्तान्तरण भएको छ वर्ष बित्दासमेत सञ्चालन भएन

नवलपुर टुडे
२०८३ जेष्ठ ९ | मध्यान्ह ०१:०२ बजे

काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति परिसरभित्रको गणतन्त्र स्मारक क्षेत्रमा निर्मित सभाहल र चमेनागृह हस्तान्तरण भएको छ वर्ष बितिसक्दा पनि सञ्चालन हुन सकेको छैन ।
सहरी विकास तथा भवन निर्माण विभागले रु ४४ करोड ९१ लाख ५३ हजार लागतमा सभाहल र चमेनागृह निर्माण गरी २०७६ साल माघ ३ गते समितिलाई हस्तान्तरण गरेको थियो । पैतीस रोपनी क्षेत्रफलमा फैलिएको गणतन्त्र स्मारक क्षेत्रमा निर्माण भएको सभाहल र चमेनागृह सञ्चालनमा ल्याउन महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले निर्देशन दिएको छ ।

















