अपराध, घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुरा देखि हुम्ला जाने सवारीसाधन अनिश्चितकालीनका लागि बन्द

उमेश रोकाया
२०८३ जेष्ठ ७ | मध्यान्ह ०३:०२ बजे

बाजुरा, जेठ ७ । हिमाली युवा समुह द्वारा रानिसैन भ्रमणमा हिडेका टोली माथि हतियार सहितको हुम्ली समुदायले अराजक शैलीमा कुटपिट तथा लुटपाट गरेको हुँदा सो कार्यको विरोध स्वरुप हुम्ला जाने सम्पूर्ण यातायात जेठ ७ गतेबाट मागहरु पूरा नहुञ्जेलसम्म बाजुरा देखि हुम्ला जाने कर्णाली करिडोरमा सम्पूर्ण सवारी साधन अनिश्चितकालीनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

हिमाली गाउँपालिका वडा नं. ३ अन्तर्गतका रानीसैन, च्याचौर, लामपाटा आदि क्षेत्रमा जडीबुटी तस्करी तथा वन्यजन्तु शिकार भइरहेकोले सो गतिविधि रोक्नका लागि प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी चौकी भवन निर्माणकार्य सञ्चालनको क्रममा हुम्ला जिल्लाको सिमकोट गाउँपालिका, नाम्खा गाउँपालिका, खार्पुनाथ गाउँपालिका तथा अन्य क्षेत्रबाट आएको अज्ञात समूहले कामदारहरूलाई निर्मम कुटपिट गरी घाइते बनाएको छ ।

उक्त घटना सेलाउन नपाउँदै पुनः “हामी हाम्रो सुदूरपश्चिम चिनाउँछौं” अभियानको क्रममा धनगढी उपमहानगरपालिका मेयर गोपी हमालको टोली, बाजुरा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकया ज्युको टोली र हिमाली गाउँपालिका अध्यक्ष अध्यक्ष मल्लको टोलीलाई हात हतियार सहितको हुम्ली समुदायले अराजक शैलीमा कुटपिट तथा लुटपाट गरेको हुँदा सो कार्यको विरोध स्वरुप हुम्ला जाने सम्पूर्ण यातायात जेठ ७ गतेबाट मागहरु पूरा नहुञ्जेलसम्म बाजुरा देखि हुम्ला जाने कर्णाली करिडोरमा सम्पूर्ण सवारी साधन अनिश्चितकालीनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याई कडा भन्दा कडा कारबाही गरियोस् र घाइतेहरुको सम्पूर्ण उपचारको जिम्मा नेपाल सरकारले गर्ने र बाजुरा जिल्ला र हुम्ला जिल्लाको नक्सा यकिन गरी सार्वजनिक हिमाली गाउँपालिका- ३ अन्तर्गत पर्ने रानीसैन वन क्षेत्रमा खार्पुनाथ गाउँपालिका र नाम्खा गाउँपालिकाले उठाउँदै आएकोकर फिर्ता गर्ने माग मागेका छन ।

बाजुरा जिल्ला हिमाली गाउँपालिकाको टोली र धनगढी उ.प.न.पा. को टोलीका कर्मचारीहरु तथा जनप्रतिनिधिहरुबाट लुटिएकोधन सम्पत्तिको यकिन गरी फिर्ता गर्ने, हिमाली गाउँपालिका-३ अन्तर्गत पर्ने च्याचौरमा निर्माणाधीन प्रहरी चौकीको काम तत्काल पुनः सञ्चालन गरिनुकासाथै त्यहाँ कार्यरत मजदुरहरुको सुरक्षाको पनि सुनिश्चितता गर्ने हिमाली गाउँपालिका-३ अन्तर्गत पर्ने लाम्पाटा, च्याचौर तथा रानीसैन क्षेत्र सम्पूर्ण रुपमा बाजुराको सीमाभित्र पर्ने भएकोले अब उप्रान्त उक्त क्षेत्र हिमाली गाउँपालिकाको मातहतमा रहने व्यवस्था गरी सम्पूर्ण जिम्मेवारी गाउँपालिकालाई दिईनुका साथै आवश्यक कामकाजमा सहयोग गर्ने माग मागेको हिमाली युवा समुह अध्यक्ष बिनोद बुढाले बताएका छन ।

वर्षौं देखि चोरी बाटो प्रयोग गरी जडीबुटी तस्करी गर्ने तस्करहरुलाई तत्काल कारबाही गरियोस् । हामीलाई विश्वमा चिनाउने अटल हिमाल तथा प्रकृक्तिको अनुपम उपहार स्वरुप रहेको सुन्दर पाटन क्षेत्रमा सडक काटी प्रकृतिको शोभामा ठेस पुर्याउने सम्बन्धित सबैलाई कारबाही गरियोस् ।

कमेन्टहरु