दुबई यूएई, प्रबास, बिश्व, मुख्य समाचार, विश्व, समाचार
यूएईमा नयाँ नियम अब निजी क्षेत्रका कामदारहरुले महिनाको १ तारिक मै तलब दिने । होईन भने कम्पनि कारबाहीमा


प्रवास दुबई, यूएई | यूएई सरकारले निजी क्षेत्रका कर्मचारीहरूको तलब भुक्तानीलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ श्रम नियम लागू गर्ने घोषणा गरेको छ। आगामी जुन १, २०२६ देखि लागू हुने नयाँ व्यवस्थाअनुसार निजी कम्पनीहरूले आफ्ना कर्मचारीको तलब प्रत्येक महिनाको पहिलो दिनमै अनिवार्य रूपमा भुक्तानी गर्नुपर्नेछ।
यूएईको Ministry of Human Resources and Emiratisation (MOHRE) ले जारी गरेको नयाँ निर्णयअनुसार सबै निजी कम्पनीहरूले Wage Protection System (WPS) वा मन्त्रालयले स्वीकृत गरेका अन्य प्रणालीमार्फत तलब भुक्तानी गर्नुपर्नेछ। तोकिएको समयभित्र तलब नदिने कम्पनीहरूलाई “ढिलो तलब भुक्तानी गर्ने कम्पनी” का रूपमा वर्गीकृत गरिने जनाइएको छ।
नयाँ नियमले कम्पनीहरूलाई समयमै तलब भुक्तानी गर्न थप दबाब सिर्जना गर्ने विश्वास गरिएको छ। यसअघि कम्पनीहरूले १५ दिनसम्म ढिलो गरेर तलब दिन सक्ने व्यवस्था रहेको भए पनि अब त्यो सुविधा हटाइएको छ।
MOHRE का अनुसार यदि कुनै कम्पनीले कुल तलबको कम्तीमा ८५ प्रतिशत रकम समयमै भुक्तानी गरेमा मात्रै उक्त कम्पनी नियमअनुसार compliant मानिनेछ। त्यस्तै कर्मचारीले आफ्नो तलबको अधिकांश रकम प्राप्त गरिसकेको अवस्थामा बाँकी रकम कानुनी प्रक्रिया वा अन्य स्वीकृत कारणले रोकिएको भए “तलब नपाएको” मानिने छैन।
सरकारले नयाँ नियम उल्लंघन गर्ने कम्पनीमाथि चेतावनी, जरिवाना, नयाँ वर्क परमिट रोक्का तथा अन्य प्रशासनिक कारबाहीसमेत गर्न सकिने जनाएको छ।
यूएईमा कार्यरत लाखौं विदेशी कामदार, विशेषगरी नेपाली श्रमिकहरूका लागि यो नियमलाई सकारात्मक कदमका रूपमा हेरिएको छ।






















